दान बहादुर कार्की नेपाल प्रहरीको ३३औँ आईजीपी बन्ने सम्भावना ह्वातै बढ्यो
काठमाडौँ – दान बहादुर कार्की नेपाल प्रहरीको ३३औँ आईजीपी बन्ने सम्भावना बढेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआईजी दानबहादुर कार्की बरियताको पहिलो नम्बरमा छन् ।
न्यायाधीश हुँदा प्रधानमन्त्री सुशीला कार्कीले आईजीपी बढुवा गर्दा बरियता नमिच्न आदेश दिएकी थिइन् । प्रधानमन्त्रीले आफैले दिएको आदेश कार्यान्वय गर्नेमा प्रहरी अधिकारी ढुक्क छन् । आईजीपिको दौडमा कार्कीसहित राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह रहेका छन् । आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते अवकाशमा जाँदैछन् । १९ भदौमा जम्माजम्मी ६९ दिनका लागि आईजीपी बनेका खापुङ अवकाशका जाने भएसँगै नेपाल प्रहरीको ३३औँ आईजीपी को बन्ला भन्ने चासो बढेको हो ।
शासन प्रणालीमा ‘थिति बसाउने’ सन्दर्भमा पनि परीक्षण मानिने आईजीपी नियुक्ति न्यायिक पृष्ठभूमिबाट आएकी प्रधानमन्त्री सुशीला कार्की स्वयंका लागि पनि ‘अग्निपरीक्षा’ बन्नेछ । किनकि न्यायाधीशको कुर्सीमा रहँदा आफैंले गरेको फैसलाको प्रधानमन्त्रीको भूमिकामा उनी आफैंबाट परीक्षण हुनेछ ।
यसपटक आईजीपीका लागि मुख्य प्रतिस्पर्धीका रूपमा चार जना एआईजीपीहरू मैदानमा उत्रिएका छन्। आईजीपी बन्न प्रतिस्पर्धामा रहेका ४ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरू (क्रमशः हुन् ( काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एआईजीपी दानबहादुर कार्की, मानव स्रोत साधन विभागमा कार्यरत एआईजी राजन अधिकारी, केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०मा कार्यरत डा। मनोज केसी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगञ्जमा कार्यरत सिद्धिविक्रम शाह ।
प्रतिस्पर्धीमध्ये कार्की, अधिकारी र केसी गत १५ वैशाखमा एआईजी बढुवा भएका थिए । शाह भने एक महिनापछि १५ जेठमा एआईजी बढुवाका लागि सिफारिस भएका थिए ।
१८ चैत २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका कार्की, केसी र अधिकारी ४ जेठ २०८१ मा डीआईजी बढुवाका लागि सिफारिस भएका थिए ।