डाक्टर गोपीलाल न्यौपानेद्वारा ‘नेपाल लिबरल पार्टी’को घोषणा

मंगलबार, ११ कार्तिक २०८२

काठमाडौं — डाक्टर गोपीलाल न्यौपानेले नयाँ दल ‘नेपाल लिबरल पार्टी’कोे घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नेतृत्वको ‘नेपाललिबरल पार्टी’को घोषणा गरेकाहुन् ।

पार्टी घोषणा गर्दै उनले पुँजीवादमा विश्वास गर्ने पार्टीको घोषणा गरेको बताउँदै यो नेपालको इतिहासमा नै एउटा ऐतिहासिक क्षण हुने बताए । अब नेपाललिबरल पार्टी गठन भएसँगै नेपालपुँजीवादी युगमा र स्वतन्त्र बजारमा प्रवेश गरेको दाबी गरे ।

उनले भने,‘पुँजीवादमाविश्वास गर्नेएउटापार्टीको आजहामीघोषणागर्दैछौं । नेपालको इतिहासमा नै यो एउटा ऐतिहासिक क्षण हो । नेपाल अब पुँजीवादी युगमा प्रवेश गर्यो । आजकै दिनबाट हामी घोषणा गछौं । नेपाल अब एउटा स्वतन्त्र बजारमा प्रवेश गर्यो ।’

त्यस्तै उनले नेपालीजनतालाई सदाको लागि गरिवी, भय–त्रास बेरोजगारीबाट मुक्त गर्न, जनतालाई तत्काल न्यायको प्रत्याभूतिदिन, नेपालमाकानूनी साशनबहाल गर्न, सुसासनमार्फत जनताको दैनिकि सजिलो पार्न, आर्थिक उदारवादमार्फत आर्थिक सम्बृद्धिहासिल गर्न पार्टी गठन भएको जानकारी दिए ।

एकाइसौं शताब्दीका आधारभूत उदारवादी मूल्यहरू कर–कटौती, खुलापन, पारस्परिक सम्मान, उत्तरदायीप्रशासन, बजार विनियमन, आधुनिकिकरण, औद्योगिकरण, नैतिक राजनीति र विश्व–ब्यापीकरणको व्यावहारिक प्रयोग मार्फत नेपाल र नेपाली आमनागरिकहरूको सर्वोत्तम कल्याणकोलागि व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्न नेपाललिबरल पार्टीको उद्य भएको उनको भनाई छ ।