जनताको चाहना र अहिलेको वस्तुगत अवस्थालाई मध्यनजर गरी दल दर्ता गर्यौ: प्रकाण्ड सी

मंगलबार, ११ कार्तिक २०८२

काठमाडौँ – प्रस्तावित कम्युनिस्ट पार्टी नेपालका महासचिव खड्गबहादुर विश्वकर्माले पार्टीको नयाँ दृष्टि, जनताको चाहना र अहिलेको वस्तुगत अवस्थालाई मध्यनजर गरी निर्वाचन आयोगका दल दर्ता गरेका जिकिर गरेका छन् ।

मंगलबार दिउँसो दल दर्ताका लागि आयोग पुगेका विश्वकर्माले जनताले आफ्नो फैसला आफैले गर्ने एउटा विधि निर्वाचन भएकाले आफूले निर्वाचनमा भाग लिन खोजेको जिकिर गरे ।

नयाँ दृष्टि अगाडि सारेर जनताको मुद्दा, सिस्टमको कुरा र जनताको चाहनाका कुरा जनता आफैले फैसला गर्ने एउटा प्रजातान्त्रिक विधिमा निर्विरोध फैसला गर्न पाउने विधि निर्वाचन हो । यद्यपि यसमा हाम्रो अनुभव र सीमाहरू छन् । देश र जनताको माग र अहिलेको वस्तुगत नीति अनुसार राष्ट्रिय पार्टीले विकास गर्नुछ नै’, उनले भने ।

निर्वाचन प्रयोजनको अभ्यास जीवनको पहिलो अभ्यास भएको उनले बताए । २०६९ सालमा एकीकृत नेकपा माओवादीबाट अलग भएपछि विप्लवको पार्टीले निर्वाचनमा भाग लिनका लागि पहिलोपटक आयोगका दल दर्ताका लागि निवेदन दिएको हो ।