प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार
काठमाडौं — प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा गएराति ढुंगा प्रहार भएको छ ।
शुक्रबार प्रेस चौतारी नेपालले एक विज्ञप्ति जारी गर्दै लमजुङको सदरमुकाम बेँशीसहरस्थित पाण्डेको घरमा मध्यरात अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरी झ्यालको सिसा फुटाएको जनाएको छ ।
पाण्डेका अनुसार उनकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षतिपुगेको छ । सो घरमाअध्यक्ष पाण्डेकीआमा र हजुरआमा बस्दै आएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रेस चौतारी नेपालका केन्द्रीयअध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्ला सदरमुकाम बेशीसहरस्थित घरमा गएराति करिब १२ बजे ढुंगा प्रहार गरिएको घटनाप्रति प्रेस चौतारी नेपाल घोर निन्दा प्रकट गर्दछ ।’
ढुंगा प्रहारबाट घरका झ्यालका सिसाहरू फुटेका छन् र अध्यक्ष पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षतिपुगेको छ । सो घरमाअध्यक्ष पाण्डेकीआमा र हजुरआमा बस्दै आएका छन् ।
‘पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, श्रमजीवी तथा व्यावसायिकपत्रकारहरूको साझा संस्था प्रेस चौतारी नेपालका केन्द्रीयअध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्तगम्भीर र निन्दनीयकार्य हो ।
यो आक्रमण योजनाबद्धरूपमा गरिएको हाम्रो निष्कर्ष छ । भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्टाटस लेखी घरमा आक्रमण गर्न आह्वान गरिनु र गएरति आक्रमण हुनुले यो षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट प्रमाणित भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ,‘अध्यक्षलाई डर देखाएर प्रेस चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास प्रयास सफल हुन सक्दैन । प्रेस चौतारी नेपाल यो घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्नव्यक्तिहरूलाई तत्कालकानूनी कठघरामा उभ्याउन सुरक्षानिकाय प्रशासनसँग माग गर्दछ ।’