भिजिट भिसा सम्बन्धी नयाँ मापदण्ड लागु

शुक्रबार, १४ कार्तिक २०८२

काठमाडौैं — सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो ।
विभागकाअनुसार २०८० माघ १० देखि लागु भएको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसा सम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थानगर्दा नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो ।

विभागले सबै स्थानीय तह र जिल्ला प्रशासनकार्यालयहरूबाट समेत यो नयाँ मापदण्डबारे सबै नागरिकसम्म सूचित गर्न अनुरोध गरेको छ ।

विज्ञप्ति
विभिन्न उद्देश्यका लागि विदेश जानचाहने नेपाली नागरिकहरुको प्रस्थान र आगमनलाई व्यवस्थित गर्ने सम्बन्धमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५ विद्यमान रहेका छन् । यी कानूनी व्यवस्थाका अतिरिक्त भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकहरुको प्रस्थानलाई सहजीकरण गर्ने प्रयोजनकालागि विभिन्न समयमा कार्यविधि परिमार्जन तथा मापदण्ड र परिपत्रहरू जारी गरी व्यवस्थित गर्ने प्रयास भएको देखिन्छ । पछिल्लो पटक मिति २०८० । १० । १० देखि लागू हुने गरी मा. उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको निर्णय अनुसार अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ को देहाय (२) को खण्ड (ख) मा परिमार्जन गरी भिजिट भिसामा विदेश प्रस्थानगर्दा पूरा गर्नुपर्ने छ बुँदे मापदण्ड जारी भएको विदितै छ । तथापि भिजिट भिसामाहुने नेपालीनागरिकको विदेश प्रस्थान अपेक्षित रुपमाविवादमुक्तहुननसकेको र नागरिकको सुरक्षाकालागिभनी गरिएकाव्यवस्था र बनाईएका मापदण्ड नै कतिपयअवस्थामानागरिकलाइ हैरानी र अनियमितताका कारक बनेका गुनासाहरु कायमै रहेको यथार्थतालाई आत्मासात् गरी अध्यागमनप्रशासनले सोही बिन्दुबाट नै सुधारका कामहरु निरन्तर अगाडि वढाइरहेको छ ।

अध्यागमननियमन र सहजीकरणबीच उपयुक्त सन्तुलनकायम गरी राष्ट्रिय सुरक्षाकाचुनौतीलाई सम्बोधन गर्न सक्ने गरी अध्यागमनप्रशासनलाई सुदृढ बनाउने र अध्यागमनप्रशासनमा पूर्ण रुपमा सुशासनकायम गर्ने कार्यलाइ विभागले आफ्नो मुख्य कार्यभारको रुपमा अगाडि बढाएको छ । वैश्विक आवागमनका प्रवृत्ति र तिनले सिर्जना गर्ने अवसर र चुनौतिको मिहिनविश्लेषण गर्दै आवश्यक रणनीति बनाउनुपर्ने अध्यागमन प्रशासन भिजिट भिसामा प्रस्थान गर्ने नेपालीनागरिकको व्यवस्थापनकै वरिपरि मात्र अल्मलिइरहेको तितो यथार्थ हाम्रो सामु रहेको छ जसको कारण नेपालप्रवेश गर्ने विदेशीको बारेमा गहिरो जाँचपड्ताल गर्ने र तिनका गतिबिधीहरुको सुक्ष्म निगरानी गर्ने महत्वपूर्ण कार्य ओझेलमा परेको छ । भिजिट भिसामा हुने अनियमितताको कारण नै अनुमान. शंका र हैसियतजाँचेर लिइने तजबिजी निर्णय र आम रूपमाजानकारी हुँदाहुँदै परीक्षण गर्न नसकिने कागजातमाग गर्ने विषय पनि हो । कानुनको कार्यान्वयनलाई वस्तुगत बनाउने र विदेश जाने नागरिकको संरक्षणका लागि नियन्त्रणात्मक भन्दा संरक्षणात्मक वैकल्पिकउपायहरुको खोजी र त्यसको कार्यान्वयनका लागि गृह प्रशासनले अन्य सरोकारवाला निकायहरुसँग समेत निरन्तर छलफल गरिरहेको छ ।

यसै सन्दर्भमा, अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्ने सम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानविन समिति, २०६२ से समेत नेपालको संविधानप्रदत्त नागरिकका मौलिकहक, व्यक्तिको मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारको प्रत्याभुति गर्न र स्वार्थ समूहका चलखेललाई निरुत्साहित गर्दै भिजिट भिसाका नाममा हुने गरेका गलतक्रियाकलापहरु नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवद्र्धन गर्नका लागि हाल कार्यान्वयनमा रहेको छ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरेको छ । सोहीअनुसार मिति २०८०।१०।१० देखि लागू भएको छ बुँदे मापदण्ड लगायत यस अघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसा सम्बन्धी प्रावधानहरु खारेज गरी नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८२ ।७।१३ गतेको मा. मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थानगर्दा देहायको कागजात पेश गरेमा प्रस्थान अनुमति दिने गरी निर्णय भएको व्यहोरा आमजानकारीका लागि सूचित गरिन्छ । यो व्यवस्था आजैका मितिदेखि कार्यान्वय नहुने भएकोले सबै नेपाली नागरिकहरुलाई कुनै पनि बिचौलियाको प्रभावमानपरी आफ्नो गन्तब्य र यात्राको वारेमा पूर्ण रुपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध छ । साथै, सबै स्थानीयतह र जिल्ला प्रशासन कार्यालयहरुबाट समेत यस सूचनालाई सबै नागरिकसम्म सम्प्रेषण र सुचित गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरिएको छ’ ।
देहाय
१. कम्तीमा ६ महिना वैध अवधीभएको राहदानी,
२. सम्बन्धित देशको प्रवेशाज्ञा वा On Arrival Visa प्राप्तहुने मुलुक भए प्रवेशाज्ञा नचाहिने ३. प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट,
४. आफू भ्रमण गर्ने प्रयोजनको लागि जानलागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वः घोषणा ।