रास्वपाको वृहत् राजनीतिक संवाद सुरु, बाबुराम र रेशम पनि सहभागी
काठमाडौं— बालेन शाह र कुमालन घिसिङसँग एकता भाँडिएपछि रास्वपामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रेशम चौधरीको इन्ट्री भएको छ ।
शुक्रबार बालुवाटारमा रास्वपाले आयोजना गरेको बैकल्पिक शक्तिसँगको बृहत् संवादमा बाबुरामसहित रेशम चौधरीले रवि लामिछानेलाई बाहिर निकालिनुपर्ने अभिव्यक्ति दिएका छन् ।
रविलाई नेता मान्न आफूहरु तयार रहेको बताउँदै बाहिरैबाट मुद्धाको पुर्पक्ष गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् ।
जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पका लागि भन्दै रास्वपाले संवाद कार्यक्रम आयोजना गरेको बताएको छ ।
नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल आयोजना गरिएको उपसभापति वाग्लेले बताएका छन् ।