रवि लामिछानेको नेतृत्व स्वीकार्न आफू तयार छु : डा. बाबुराम भट्टराई

शुक्रबार, १४ कार्तिक २०८२

काठमाडौं— डा. बाबुराम भट्टराईले रवि लामिछानेको नेतृत्व स्वीकार्न आफू तयार रहेको बताएका छन् ।

पुराना पार्टीलाई विस्थापित गर्न रविको नेतृत्वमा सबै नयाँ शक्ति मिलेर चुनावमा जानुपर्ने उनको भनाई छ । रविमाथि अन्याय भएको बताउँदै उनले बाहिर बसेर मुद्दा लड्ने अबस्था सृजना गर्नसमेत माग सरकारसँग गरेका छन् ।

भट्टराईले रास्वपा वैकल्पिक राजनीतिको फलेको वृक्ष भएको र परिपक्क भएर नेतृत्व लिनुपर्नेमा समेत जोड दिएका छन् ।

शुक्रबार बालुवाटारमा रास्वपाले आयोजना गरेको बैकल्पिक शक्तिसँगको बृहत् संवादका क्रममा उनले अहिलेको अवस्थामा वैकल्पिक शक्तिहरुको नेतृत्व रवि लामिछानेले गर्नुपर्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाहिर निकालिनुपर्ने अभिव्यक्ति दिएका छन् ।

उनले रवि लामिछानेको नेतृत्वमा सबै नयाँ शक्ति मिल्नुपर्ने र पुरानारिुद्ध चुनावमा जानुपर्ने बताए । रविमाथि अन्याय भएको छ । रविलाई बाहिर बसेर मुद्दा लड्ने अबस्था सृजना गरिनुपर्छ । रविलाई बाहिर निकालेर उनको नेतृत्वमा सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छ ।’ डा. भट्टराईले भने ।

त्यस्तै डा. भट्टराईले रास्वपा वैकल्पिक राजनीतिको फलेको वृक्ष भएको र परिपक्क भएर नेतृत्व लिनुपर्ने बताएका छन् ।