संसद पुनर्स्थापनाका लागि जनभेला गर्दै एमाले

शनिबार, १५ कार्तिक २०८२

काठमाडौँ – नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनपरिचालन गर्ने भएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले देशका ६ हजार ७ सय ४३ वटै वडामा आगामी कात्तिक २२ गते जनभेला गर्ने भएको छ ।

सबै पालिकामा कात्तिक २५ गते र सबै जिल्लामा २९ गते जनसभा गर्ने निर्णय गरेको छ । त्यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर ६ गते काठमाडौँमा जनसभा गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले विधान महाधिवेशनबाट पारित दस्तावेजहरू अन्तिम रूप दिएर प्रकाशित गर्ने निर्णय गरेको छ ।

त्यस्तै सचिवालय बैठकले चार वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।