गण्डकी प्रदेशको विभिन्न स्थानमा नेकपाको मसाल जुलुस
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले विभिन्न स्थानमा मसाल जुलस निकालेको छ । सर्वपक्षीय अन्तरिम सरकारको गठन, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण, राष्ट्रिय स्वाधीनताको रक्षा लगायतका मागहरु राख्दै प्रदेश अन्तर्गतका जिल्लाहरुले मसाल जुलुस निकालेका हुन् ।
म्याग्दीको बेनीमा जिल्ला इन्चार्ज राजनको नेतृत्वमा, लमजुङको राइनासमा जिल्ला इन्चार्ज विकिरण सीको नेतृत्वमा मसाल जुलुस सम्पन्न भएको छ । त्यसै गोर्खामा केन्द्रीय प्रतिनिधि समिति सदस्य योगेन्द्रको नेतृत्वमा, कास्कीको जिरो किलोमा सेक्रेटरी उमेशको नेतृत्वमा, नवलपुरमा सेक्रेटरी सुमनको नेतृत्वमा मसाल जुलुस सम्पन्न भएका छन् ।
स्याङ्जा, पर्वत लगायतका जिल्लाहरुमा पनि कार्यक्रम सम्पन्न भएको छ । निरन्तरको झरीकाबिच भएको मसाल जुलुसहरु वैदेशिक हस्तक्षेपका विरुद्ध, राजनीतिक अराजकताका विरुद्ध र नेपाली विशेषताको समाजवादको पक्षमा नाराबाजी गर्दै कोणसभामा परिणत भएको जनाईएको छ । नेकपाले यहि कार्तिक २० गते काठमाडौमा हुने आमसभापर्व विभिन्न चरणबद्ध कार्यक्रमहरु देशव्यापी रुपमा गर्दै आइरहेको छ ।
