बालेनलाई राजधानीको मेयर बनाउने सबै देशद्रोही हुन्: सूर्य थापा

आइतबार, १६ कार्तिक २०८२

काठमाडौँ – नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौं वासीलाई देशद्रोहीको आरोप लगाएका छन् । बालेन शाहप्रति आक्रोश व्यक्त गर्दै थापाले गाँजा तान्ने दुर्व्यसनीलाई भोट हालेर राजधानीको मेयर बनाउने जनता, मेयर मान्ने जनता र कारबाही नगर्ने सरकार सबै अपराधी र देशद्रोही भएको बताएका हुन् ।

बालेनको शनिबार रातिको अश्लील शब्दससहितको स्टाटसपछि थापाले कटाक्ष गरेका हुन् । उनले बालेनको पोस्टको स्क्रिनसट राख्दै आक्रोश व्यक्त गरेका हुन्। थापाले गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सबै अपराधी र देशद्रोही भएको बताए ।

बालेनले शनिबार राति अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गरेर स्टाटस लेखेका थिए।

उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन्।

यस्तो छ थापाको स्टाटस

गाँजा तानेर लुसिफर(दलाल र शैतान) बेहोसीमा पागल भएर लेखेको( आफैले हटाएर खुब आनन्द मानेको छ। सिंहदरबार जलाउन उक्साउने लुसिफरले नशामा नाश भएर रातीराती देश बनाउने स्वाँङ पो गर्छ।

बाबुले सिंहदरबार बैद्यखाना बनाएर सिनामंगलमा दरबार बनाएको जान्नेहरू छोराले सिंहदरबारमा आगो लगाउन लगाएर र दमकल तीनदिनसम्म नपठाएर आफ्नो सक्कली अनुहार उदाङ्गो पारिसकेको छ।

अझ यस्ता देशद्रोहीलाई आइकन मान्ने र काठमाडौंलाई बालेन शहर आएँरगएँ भनेर लेख्ने मान्छेहरूका अनुहार सम्झँदा पो लाज लाग्छ१ म शुरूदेखि स्पष्ट छु, यो गजेडी हो, नशामा लठ्ठिनु र बर्बराउनु यसको दिनचर्या हो। यही योग्यताले यो मुसिफर र दलाल भएको हो गाँजा तान्ने दुर्ब्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही हुन् !