रक्षा बमको मन्त्री पद खुस्कियो

आइतबार, १६ कार्तिक २०८२

काठमाडौं— मुखैमा आएको रक्षा बमको मन्त्री पद पनि खुस्किएको छ ।

रक्षा बम अमेरिकी दूताबासले चलाएको संस्था एम्बेसी यूथ काउन्सिलको सदस्य भएकाले मन्त्री बन्न रोकेको सुधन गुरुङले खुलासा गरेका छन् ।

काठमाडौंमा बसेर सुदूरपश्चिमको कुरा गरेको आरोप लगाउँदै सुदनले रक्षालाई आफूले रोकेको सुदरपश्चिमकै एक जेनजीसँगको टेलिफोन कुराकानीमा स्पष्ट पारेका छन् ।

गुरुङसहितको फोन सम्वादको अडिओ अनुसार उनले रक्षा बमलाई रोक्नुपर्नाको कारण बताएका छन् ।

स्रोतका अनुसार रानीबारीस्थित ‘हामी नेपाल’ को कार्यालयमै यो अडिओ रेकर्ड गरिएको हो । त्यसबखत कार्यालयमा गुरुङसहित अफ्साना बानु, गुन्जन शाह, खेमराज साउद, जेम्स कार्की लगायत थिए ।

गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धिरज जोशीलाई फोनमै थर्काएका छन् ।