कन्सल्टेन्सी भिजिट गर्दै बेलायतको विपीपी युनिभर्सिटी, कुन सहरमा कहिले ?
काठमाडौँ – बेलायतको विपीपी युनिभर्सिटीले नेपालका मुख्य सहरमा रहेका शैक्षिक कन्सल्टेन्सी भिजिट गर्ने भएको छ । नोभेम्बर ६ तारिख अर्थात कार्तिक २० गतेदेखि काठमाडौं, पोखरा, विर्तामोड, विराटनगर र इटहरीमा रहेका शैक्षिक कन्सल्टेन्सी भ्रमण गर्ने भएको हो ।
विश्वविद्यालयका कन्ट्री म्यानेजर शिव केसीका अनुसार नोभेम्बर ६ तारिखदेखि १० तारिखसम्म काठमाडौं, १० र ११ तारिख झापाको बिर्तामोड, १२ तारिख इटहरी र विराटनगर तथा १३ र १४ तारिख पोखरामा कन्सल्टेन्सी भिजिटको कार्यक्रम रहेको छ । बिर्तामोड र इटहरीमा सेमिनारसमेत हुने बताइएको छ ।
‘स्पट एड्मिसन अलर्ट’ नाम दिइएको कार्यक्रममा तुरुन्तै अफर लेटर दिन सकिने, छात्रवृत्तिको सुविधा, इच्छा अनुसारको कोर्ष छनोट गर्न सकिने लगायतका थुप्रै सुविधाहरु रहेका छन् ।
भ्रमण टोलीमा बीपीपी युनिभर्सिटीकी वरिष्ठ क्षेत्रीय एजेन्ट रिलेसनसिप म्यानेजर सादिया उमर, क्लाइन्ट सपोर्ट म्यानेजर नादिर रशिद खान, कन्ट्री म्यानेजर शिव केसी, विवस रिमाल लगायत दी अफिसियल रिप्रिजेनटेटिभका प्रतिनिधिहरु रहेका छन् ।
