नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
काठमाडौं — दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो देखिएको छ ।
आइतबार ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा पुगेको नेप्से सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको हो ।
गत साता करिब ९६.५३ अंकले उक्लिएको बजार यो साताको पहिलो दिनपनि उकासोमै भएपनि दोस्रो दिनमा भने कमीकै संकेत देखिएको छ । यस दिन ७२ कम्पनीको सेयर मूल्यमात्र बढेको बजारमा कुल ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको ९ अर्ब २० करोड रुपैयाँको तुलनामा निकै कम हो । सोमबार ३३३ स्टकमा ५४ हजार ८९२ पटकको कारोबारमार्फत १ करोड २१ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यसैदिन सेन्सेटिभइन्डेक्स ०.८३ अंक, फ्लोट इन्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अंकले घटेका छन् । उपसमूह सूचकांकमापनि मिश्रित प्रभाव देखिएको छ । १३मध्ये ६ उपसमूहको सूचकांकबढेको छ भने ७ उपसमूह घटेका छन् । व्यापार उपसमूह ०.९३ प्रतिशतले बढ्दै सबैभन्दा अगाडि रहँदा जलविद्युत र जीवनबीमाउपसमूह १.०५ प्रतिशतले घट्दै सबैभन्दा धेरै प्रभावित बने । यस दिन मुक्तिनाथ कृषिकम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमापुगेको छ ।
त्यस्तै, ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को मूल्य ७.०८ प्रतिशत र एभरेष्ट बैंक लिमिटेड इनर्जी बण्ड २०८९ को मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । उता, कारोबारमा समावेश इष्टर्न हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ । कारोबार रकमकाआधारमा शिवम् सिमेन्ट्स ३७ करोड ६८ लाख रुपैयाँसहित शीर्षमा रह्यो भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टकरिब ३४ करोड रुपैयाँ र राधीविद्युतकम्पनी साढे २४ करोड रुपैयाँभन्दाबढी कारोबार रकमसहितक्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । समग्रमा, बजार पछिल्लो उकासोपछिको स्वाभाविक सुधार चरणमाप्रवेश गरेको विश्लेषण गरिन्छ ।