कुलमान घिसिङले कात्तिक १९ गतेअघि नै मन्त्री पदबाट राजीनामा दिने
काठमाडौं— कुलमान घिसिङले कात्तिक १९ गतेअघि नै मन्त्री पदबाट राजीनामा दिने भएका छन् ।
तीनवटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले नयाँ पार्टी दर्ता गरेर चुनावमा सहभागी हुन राजीनामा दिने भएका हुन् ।
मन्त्री घिसिङले उज्यालो नेपाल पार्टी र चुनाव चिन्ह विजुलीको चिम लिएर निर्वाचन आयोगमा पार्टी दर्ता गर्न लागेका छन् ।
उनको पार्टीमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, सागर ढकाल लगायतका पदाधिकारी रहने छन् ।