उर्जामन्त्री कुलमान घिसिङले विद्युत महसुल नतिर्ने उद्योगीलाई घुँडा टेकाए
काठमाडौं— उर्जामन्त्री कुलमान घिसिङले विद्युत महसुल नतिर्ने उद्योगीलाई घुँडा टेकाएका छन् ।
कुनै पनि हालतमा विद्युत महसुल नतिर्ने अडानमा रहेका उद्योगी अन्तत पहिलो किस्ता तिर्न तयार भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न मन्त्री, उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको छलफलमा उद्योगहरू पहिलो किस्ता तिर्न सहमत भएका हुन् ।
उद्योगीहरूले पहिलो किस्ताबापतको रकम बुझाएपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन पुनः सञ्चालन गर्नेछ।