माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय
काठमाडौं — नेकपा (माओवादी केन्द्र) राष्ट्रियमहाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको बैठकले नयाँपार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र यसको चुनावचिह्न पाँच कुने तारा हुने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनले भने, ‘नयाँपार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते हुनेछ । जसमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू सबै दलले आपसी सहमति र समझारीमा कायम गर्नेछन्’, उनले भने, ‘नयाँदलको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ । यसको चुनाव चिह्न पाँचकुने तारा हुनेछ ।’
सापकोटाले लोकतान्त्रिकगणतन्त्रको रक्षा गर्नुका साथै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता रहेको बताए ।
‘लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिकन्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादीक्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकताहो,’उनले भने ।
उनले नयाँपार्टीको एकता राष्ट्रियमहाधिवेशन ६ महिनाभित्र गरिने पनि जानकारी दिए । ‘केन्द्रीय समिति आपसी सहमतिका आधारमा गठन गरिने छ । केन्द्रीय समितिमा संयोजक र सह–संयोजक पद हुनेछ’, उनले भने, ‘तलैसम्म, टोलैसम्म संयोजक र सहसंयोजकको व्यवस्था गरिएको छ।’
उनकाअनुसार पार्टीको मार्ग निर्देशित सिद्धान्तमाक्सवाद, लेलिनवाद हुनेछ । उनले नेपालीक्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने बताउँदै भने, ‘पार्टीको तत्कालिन कार्यनीति पुँजीवादीजनवादी क्रान्तिका उपलव्धिहरुको रक्षाका राष्ट्रिय स्वाधिनताको संरक्षण सुशाषन, सामाजिकन्याय, आर्थिक सामाजिक रुपान्तरणगर्दै समाजवादको आधार तयार गरिने छ ।’
नयाँपार्टीको आन्दोलनको स्वरुपआन्दोलन मुलत शान्तिपूर्ण हुने भन्दै सापकोटाले परिस्थितीअनुसार संसद, सडक र सरकारलगायत आवश्यकता अनुसारका सबै मोर्चाहरु आन्दोलनको मोर्चा हुने बताए ।