देशभक्त युवा अभियान नेपालले भ्रष्टाचार र ब्यथितीबिरुद्ध देशभर सशक्त अभियान चलाउने

मंगलबार, १८ कार्तिक २०८२

काठमाडौँ – देशभक्त युवा अभियान नेपालले जेनजी विद्रोहपछिको अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार काठमाडौँ पत्रकार सम्मेलन गर्दै अभियानले राष्ट्रिय निकासका लागि ७ बुँदा र उपायहरू समेत सार्वजनिक गरेको हो ।

देशभक्त युवा अभियान नेपालले अबको निकासका लागि सर्वपक्षीय राष्ट्रिय सभा, चुनाव प्रणालीमा व्यापक सुधार, शासकीय स्वरूपमा परिवर्तन, प्रगतिशील एजेण्डा,जेनजीसहितको संयुक्त मोर्चा, गतिशील युवा पुस्ताको राजनीतिमा सहभागिता लगायतको उपाय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

अभियानले भ्रष्टाचारका विरुद्ध शक्तिशाली आयोग बनाएर छिटोभन्दा छिटो छानबिन गरी दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउन दबाब समेत दिएको छ ।

त्यस्तै अभियानले विचारहरूको सौहार्द प्रतिस्पर्धा, मौलिक अर्थतन्त्रको निर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति र राष्ट्रिय सुरक्षाको विषयबारे पनि देशभक्त युवा अभियान नेपालले सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण गराएको हो ।

त्यस्तै, विचारहरुको सौहार्द प्रतिस्पर्धा, मौलिक अर्थतन्त्रको निर्माण, अन्तराष्ट्रिय सम्बन्ध र कुटनीति र राष्ट्रिय सुरक्षाको विषयबारे पनि देशभक्त युवा अभियान नेपालले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

कार्यक्रममा देशभक्त युवा अभियान नेपालका संयोजक प्रकाश शाही, दिनेश विक्रम चन्द, सुमनसिंह पौडेल, लक्ष्मण पौडेल, अटल पाण्डे, प्रकाश डुम्रेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा देशभक्त युवा अभियान नेपालका संयोजक प्रकाश शाही, अभियानका प्रवक्ता प्रकाश डुम्रे,भ्रष्टाचार विरोधी अभियानका अगुवा दिनेश विक्रम चन्द, नरेन्द्र विश्वकर्मा,सुमनसिंह पौडेल, लक्ष्मण पौडेल, अटल पाण्डे, लगायतले आ–आफ्नो धारणा राख्दै देशलाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रको क्रिडास्थल हुन नदिने समेत चेतावनी दिएका छन् ।

अभियानले देशभर सशक्त अभियान चलाउने समेत घोषणा गरेको छ ।