रवि लामिछानेका हितैसी मित्रले पनि रास्वपा छोडे

मंगलबार, १८ कार्तिक २०८२

काठमाडौं— रवि लामिछानेका हितैसी मित्रले पनि रास्वपा छोडेका छन् ।

घण्टीघर प्रयोग गर्न दिएर रविलाई गुन लगाएका भरतमणि देवकोटाले रास्वपाको पार्टी सदस्यता त्याग गरेका हुन् ।

पार्टीको अनुशासन आयोग प्रमुख रहेका देवकोटाले घर खाली गरिदिन पार्टीलाई आग्रह गरेपछि सबैको तारो बनेका थिए । पछिल्लो समय उक्त घरमा निर्वाचनसम्म बस्न दिने गरी समझदारी बनेको थियो ।

केही नेताका कारण आफू उक्त पार्टीमा बस्न नसक्ने अवस्थामा पुगेको उनको भनाई छ ।

‘म अहिले पार्टी सदस्य मात्रै थिएँ, मैले आफ्नो सदस्यता पनि त्यागेको छु,’ उनले भने।