रामकुमारी झाँक्री लगाएतका नेता आजै एमालेमा फर्किने

बुधबार, १९ कार्तिक २०८२

काठमाडौँ – नेकपा माओवादी केन्द्रसहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् ।

‘हामी एमालेमा फर्कने समूहमा रहेकाहरूको पत्रकार सम्मेलन हुँदैछ,’ श्रेष्ठले भने । आजै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टीु घोषणा गर्दैछन् ।