स्टडी इनको बेलायत अध्ययन सम्बन्धी शैक्षिक मेल सम्पन्न

शुक्रबार, २१ कार्तिक २०८२

काठमाडौं – स्टडी इनको बेलायत अध्ययन सम्बन्धी शैक्षिक मेल सम्पन्न भएको छ । शुक्रबार स्टडी इनको कार्यालय पुतलीसडकमा सम्पन्न मेलामा ७ सय ७५ बढी विद्यार्थीले सहभागिता जनाएका छन् । विहान १० बजेदेखि सुरु भएको फेयरमा ५० बढी विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उनीहरुले विद्यार्थीसँग खुलेर अन्तरक्रिया गरेका छन् भने विद्यार्थीले पनि आफूलाई लागेका प्रश्नहरु राख्दै कन्फ्युजनहरु हटाएका छन् । फेयरमा सहभागी विद्यार्थीले विश्वविद्यालयबाट आए विदेशी प्रतिनिधिलाई भेट्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

स्टडी इनका निर्देशक विनय अधिकारीले स्टडी इनले विद्यार्थीलाई सही परामर्श दिनुका साथै, बेलायत पुगेका विद्यार्थीको समेत रेखदेख गरिएको बताएका छन् । उनले स्टडि इनले एसआई युकेकै ब्राण्ड भएकाले १८० विश्वविद्यालयको विकल्प दिइरहेको बताए । उनले युके रोजेर जानसक्ने वातावरण स्टडी इनमा रहेको बताउँदै सेवा गर्ने अवसर दिन अनुरोध गरेका छन् ।

सहभागी विश्वविद्यालयका प्रतिनिधिले पनि विद्यार्थीको सहभागिताले निकै उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए । साथै उनीहरुले आफ्नो विश्वविद्यालयका विशेषताका बारेमा जानकारी दिएका छन् । फेयरमा सहभागी विद्यार्थीले भिसा प्रोसेसिङ कसरी गर्ने, आफू अध्ययन गर्न जाने देश कस्तो हो, त्यहाँको शैक्षिक वातावरण कस्तो छ, आफू अध्ययन गर्न जान लागेको युनिभर्सिटीको नीतिहरु कस्ता छन्, अध्ययन सकेपछि पोस्ट स्टडी वर्कको अबस्था के छ र कसरी अप्लाई गर्ने ? लगायतका विषयमा जानकारी प्राप्त गरेका थिए ।

फेयरमा विदेश पढ्न किन जाने, हाई क्वालीटी एजुकेसन कसरी लिने, फेयरमा सहभागी युनिभर्सिटीहरुको शैक्षिक गुणस्तर, पिएसडब्लु बारे, विश्वविद्यालयको कोर्ष, भाषा, डकुमेन्ट, बैंक लोन, स्कलरसीप आदीबारे युकेबाट आएका विश्वविद्यालयका प्रतिनिधिहरूबाट प्रत्यक्ष परामर्श लिएका थिए ।