सिंहदरबारबाट लुटिएको सामान कन्सल्टेन्सीमा भेटियो
काठमाडौं— सिंहदरबारबाट लुटिएको सामान कन्सल्टेन्सीमा भेटिएको छ ।
जेन–जी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको सामान बागबजारस्थित सरल शिक्षा एकेडेमीमा भेटिएको हो ।
प्रहरीले कन्सल्टेन्सीमा छापा हानेर प्रिन्टर लगायतका सामाग्री बरामद गरेको छ । प्रहरी वृत सिंहदरबारबाट खटिएको प्रहरी टोलीले कन्सल्टेन्सीमा छापा मारेको हो । एकेडेमीकी सञ्चालक उषा भट्टलाई प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।
प्रहरीका अनुसार एकेडेमीका कर्मचारीले त्यसबाहेकका सामग्री पनि सिंहदरबारबाट चोरी गरी ल्याएका थिए। प्रहरीको उर्दीपछि उक्त सामग्री भने एकेडेमीले यसअघि नै प्रहरी कार्यलयमा बुझाएको थियो।
वृत्त प्रमुख डिएसपी जनार्दन घिमिरेले यसअघि एकेडेमीले एउटा प्रिन्टर फिर्ता गरेको र अहिले पनि त्यस्तै सूचना आएकाले बुझ्ने काम भइरहेको बताए।