कक्षा ८ मा पढ्ने बेला झगडा परेको साथीको ओलीले जागिर खाइदिए

शनिबार, २२ कार्तिक २०८२

काठमाडौं— केपि शर्मा ओलीले ८ कक्षामा पढ्दा झगडा परेको साथीको जागिर नै खाइदिएका छन् ।

ओली बस्ने डेस्कमा आएर बसेका साथीलाई उठाउन खोज्दा झगडा भएको थियो ।

५२ बर्षअघिको झगडालाई सम्झिएर ओलीले २०६५ सालमा उनलाई जागिरबाट हटाएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालका अनुसार ओली उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका बेलामा जागिरबाट बर्खास्त गरेका थिए । नेपालले उनको नाम भने खुलाएका छैनन् ।

नेता नेपालका अनुसार ओली र एक जना अर्को साथीबीच कक्षा ८ मा पढ्ने बेलामा बस्ने कुरामा विवाद भएको थियो ।

‘उहिल्यै ८ कक्षामा पढ्दाखेरी केपी ओली बस्ने डेस्कमा अर्को मान्छे आएर बसिदिएछ । हट भन्दाखेरी हटेन रे । त्यो पछि चाहिँ केपी ओली उपप्रधानमन्त्री भएको बेलामा को मान्छे हो भन्ने थाहा पाएर उसको जागिर नै खाइदिए रे । म त भुत्तभोगी नै हुँ । कुनै दिन उनीहरुले मुख खोल्लान्,’– उनले भने ।