प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगी हुन् : महेश बस्नेत

आइतबार, २३ कार्तिक २०८२

काठमाडौं — नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पद र पावरको भोगी रहेको बताएका छन् ।

उनीहरुबीच धेरै कुरा नमिलेपनि पद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै वस्नेतले व्यङ्ग्य गरेका हुन् ।

कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदको लागि पार्टीको नाम समेत फेरेको दाबी गरे ।

‘माधव नेपाल र प्रचण्ड कमरेडको धेरै कुराहरू मिल्दैन् । तर एउटा समान कुराचाही मिल्ने गरेको छ । त्यो भनेको पद र पावर हो । हिजो सशक्तक्रान्तिको अगुवाइ गरेको वाक्रान्तिको नेतृत्व गरेको पार्टी नेकपा माओवादी जोबाट प्रचण्डले आफूलाई धेरै गौरव गर्नुहुन्थ्यो । त्यो पार्टीको नामै फेर्न तयार हुनुभयो । यसबारे हामीले बुझिहाल्यौं,’उनले भने ।

उनले पुराना रुखका पात झरेर मल बन्छ तर एमालेबाट माधवकुमार नेपाल पातबनि झरेतापनि काम नलागेको बताए । नेपाल एमालेबाट झरेतापनि माओवादीको मल बनेर एमालेविरूद्ध नै प्रयोग हुने खतरा बढेको समेत बताए ।