कुलमान घिसिङले खोल्ने पार्टीको नाम फेरियो

आइतबार, २३ कार्तिक २०८२

काठमाडौं— कुलमान घिसिङले खोल्ने पार्टीको नाम फेरिएको छ ।

उज्यालो नेपालको नामबाट पार्टी दर्ता गर्न लागेका कुलमानले सुमना श्रेष्ठ लगायतको असन्तुष्टि पछि नेपाल जनसेवा पार्टीको नाममा सहमति गरेका छन् ।

कुलमानको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता हुने पार्टी अध्यक्ष र पदाधिकारी विहिन हुनेछ । केन्द्रीय सदस्यको मात्र नाम पठाएर पार्टी दर्ता गर्ने कुलमानको तयारी छ ।

यो पार्टीलाई बालेन शाहको पनि समर्थन रहने छ ।

कुलमान घिसिङ नेतृत्वमा नेपाल जनसेवा पार्टी गठनको लगभग टुंगो लागेको छ।

घिसिङ अहिले अन्तरिम सरकारमा ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री छन्।