कुलमानले भोलि पार्टी दर्ता गर्ने, पार्टीको नाम नेपाल जनसेवा
काठमाडौँ – तीन वटा विकासे मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले सोमबार राजनीतिक पार्टी दर्ता गराउने भएका छन् ।
स्रोतका अनुसार भोलि सोमबार निर्वाचन आयोगमा दर्ता गर्न लागिएको पार्टीको नाम नेपाल जनसेवा रहने विषयमा छलफल भएको छ । यद्यपि टुङ्गो लाग्न बाँकी छ, तर भोलि आयोगमा जाने तयारी चाहिँ भइसक्योु, मन्त्री घिसिङ निकट स्रोतले रातोपाटीलाई जानकारी दियो ।
पार्टीको आन्तरिक काम सकिएको भएपनि सहभागी हुने नागरिकहरूसँग पार्टीको नाममा अन्तिम छलफल भइरहेको स्रोतले बतायो ।
घिसिङ निकट स्रोतले भन्यो, ‘भोलि दल दर्ताका लागि निवेदन पेस गर्ने तयारी गरेका छौँ, त्यसपछि धेरै कुरा थाहा भइहाल्छ, अहिलेलाई यति भनौँ ।’