नेपाल प्रिमियर लिग एनपीएलको प्रतिक्षामा रहेका दर्शकहरुका लागि दुः खद खबर
काठमाडौं—दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्रतिक्षामा रहेका दर्शकहरुका लागि दुःखद खबर छ ।
यसअघि युट्युबबाट सजिलै हेर्न सकिने खेल यो पटक युट्युबबाट प्रसारण नहुने भएको छ ।
आगामी १ देखि २७ मङ्सिरसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दर्शकहरूले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्ने भएको छ । क्यानले तोकेको मूल्य अनुसार, एनपीएलको दोस्रो संस्करणका सबै खेल डिशहोम गो एपबाट हेर्नका लागि नेपालका दर्शकले ३०० रुपैयाँ, मिडल इस्टका दर्शकले ५०० रुपैयाँ, र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ।
नेपाल क्रिकेट संघ क्यान ले डिश मिडिया नेटवर्कलाई ओटीटी प्रशारण अधिकार प्रदान गरेको छ। दर्शकहरूले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्नेछ। क्यानले तोकेको मूल्य अनुसार, एनपीएलको दोस्रो संस्करणका सबै खेल डिशहोम गो एपबाट हेर्नका लागि नेपालका दर्शकले ३०० रुपैयाँ, मिडल इस्टका दर्शकले ५०० रुपैयाँ, र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ।
एप र वेबसाइटबाट लाईभ खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिनेछ।
दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा भने प्रत्यक्ष प्रसारण नहुने भएको छ।
डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ। दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरेर सजिलै भुक्तानी गरी विश्वभरबाट सब्स्क्रिप्सन लिन सक्नेछन्।
डिशहोम गोको नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ। प्रयोगकर्ताहरूले नयाँ एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने र आईओएस प्रयोगकर्ताका लागि नयाँ एप केहि दिनमा लाइभ हुने कम्पनीले जनाएको छ।
उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न डिशहोमले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको छ।
मोबायोटिक्स धेरै प्रयोगकर्ताले प्रयोग गर्न अनलाइन प्रशारण प्रणाली निर्माण गर्ने कम्पनी हो। यसले तयार पारेको प्लेटफर्म प्रयोग गरेर आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा बंगलादेश र भारतबीचको खेल एकैपटक २३ लाखभन्दा बढी बंगलादेशी दर्शकले सहज रूपमा हेरेका थिए।
अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा आईपीएल को डिजिटल प्रसारणका लागि ‘हटस्टार’ सँग सहकार्य गर्दै आएको छ।
अकामाईको मुख्य काम इन्टरनेटमा सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्याउनु हो। यसले विश्वभरका सर्भरहरू प्रयोग गरेर वेबसाइट र एपको उच्च गुणस्तर र अवरोधरहित सञ्चालनलाई सुनिश्चित गर्छ।