फागुन २१ गते चुनाव हुन नदिने सुधन गुरुङको चेतावनी
काठमाडौं—हामी नेपालका संस्थापक सुधन गुरुङले निर्वाचन आयोगमै पुगेर फागुन २१ गते चुनाव हुन नदिने चेतावनी दिएका छन् ।
मतदाता नामावली संकलनबारे बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले आफूहरूको माग पूरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका हुन् ।
उनले जेन—जी युवाहरू निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीबिरुद्ध लडेको बताउदै आफू कुनै दलमा आवद्ध नभएको र निर्वाचनमा आफू नलड्ने बताएका छन् ।