डाक्टर बाबुराम भट्टराई पनि जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने पक्का
काठमाडौं—डाक्टर बाबुराम भट्टराई पनि जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने पक्का भएको छ ।
भट्टराई नेतृत्वको नेसपा नयाँ शक्ति पार्टी जनार्दन शर्मा नेतृत्वको राष्ट्रिय अभियानमा समाहित हुने कुराको टुंगो लागेको अभियानका केन्द्रीय संयोजन समितिका सदस्य मदन भट्टराईले दाबी गरेका छन् ।
भट्टराईले सन्तोष परियार लगायत राष्ट्रिय स्वतन्त्र पार्टीका वाम नेताहरूसँग छलफल जारी रहेकाले उनीहरू पनि अभियानमा जोडेर जाने स्पष्ट पारेका छन् ।
उनले अन्य पार्टीसँग असन्तुष्ट रहेका र वैकल्पिक शक्तिहरू हाम्रो अभियानमा जोडिन लगातार छलफल गरिरहेकोले तत्काल पार्टी निर्माण नभएपनि यसलाई बिशाल मोर्चामा रुपमा बिकास गरेर लैजाने बताएका छन् ।‘