मतदाता नामावलीमा नाम दर्ता गर्न चाहनेहरुका लागि खुशीको खबर

शुक्रबार, २८ कार्तिक २०८२

काठमाडौं— मतदाता नामावलीमा नाम दर्ता गर्न चाहनेहरुका लागि खुशीको खबर छ ।

बिबिध कारणबस नामावलीमा आफ्नो नाम समाबेस गर्न छुटेका उमेर पुगेकाहरुले फेरी नाम दर्ता गर्न पाउने भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्ने (नामावली संकलन) समय थप गर्न निर्वाचन आयोगलाई आग्रहप्रति आयोग सकारात्मक भएपछि फेरी दर्ता गर्न पाउने भएका हुन् ।

मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेकी उनको सचिवालयले जानकारी दिएको छ ।

शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग कुरा गर्दै कार्कीले म्याद थपका लागि आग्रह गरेकी थिइन् । यसबारे आयोग सकारात्मक रहेको र पाँच दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन् ।