धरानका मेयर हर्क साम्पाङले मेयर पदबाट राजिनामा दिने

शुक्रबार, २८ कार्तिक २०८२

काठमाडौं—धरानका मेयर हर्क साम्पाङले मेयर पदबाट राजिनामा दिने भएका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले एकाएक मेयर पदबाट राजिनामा दिने भएका हुन् ।

केहिदिन अघि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरेका साम्पाङले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्न राजिनमा दिन लागेको स्रोतले जनाएको छ । एमालेको गढ मानिले सुनसरी–१ बाट चुनाब लड्न व्यापक तयारी थालेको उनका नजिकका नेताहरुले बताएका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले आफ्नै नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्।

उक्त पार्टी दर्तापछि मेयर साम्पाङ अब आफै चुनाव लड्छन् कि अरूलाई चुनाव उठाएर समर्थन मात्र गर्छन् भन्ने धेरैको चासोको विषय बनेको छ।