तोडफोड र आगजनी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं—प्रहरीले काठमाडौँको कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १३ टंकेश्वर बस्ने वर्ष ४३ का राजेन्द्र श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार श्रेष्ठलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले कार्तिक २७ गते दिउँसो १२ बजे सोही स्थानबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार श्रेष्ठ भदौ २४ गते प्रदर्शनको क्रममा कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने अपराधमा संलग्न थिए।
पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।