मृत्यु संस्कारमा सहभागी हुन गएका वडाअध्यक्षको हत्या
काठमाडौं—मृत्यु संस्कारमा सहभागी हुन गएका वडाअध्यक्षलाई प्रहरीले गोली हानी हत्या गरेको छ ।
शुक्रबार स्थानीय प्रकाश यादवको पिताको १३औं दिनको मृत्यु संस्कारमा सहभागी हुन गएका वडाध्यक्ष विन्देश्वर यादवमाथि प्रहरीले गोली हानि हत्या गरेको खुलेको हो । गोली प्रहारबाट गम्भीर घाइते भएका धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाअध्यक्ष यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याए लगत्तै मृत्यु भएको थियो ।
९औं दिनको तिथिमा सहभागी हुन गएका वडाअध्यक्ष यादवमाथि स्थानीय धर्मराज यादवले गालीगलौज गरेपछि विवाद सिर्जना भएको थियो ।
विवाद उग्र हुँदै जाँदा धर्मराज यादवका आफन्त पर्ने शम्भु यादवले वडाअध्यक्ष विन्देश्वर यादवमाथि गोली प्रहार गरेका थिए ।गोली प्रहार गर्ने शम्भु यादव प्रहरीमै कार्यरत जवान रहेको खुलेको छ ।