जाँचबुझ आयोगप्रति प्रहरी सशंकित
काठमाडौं—निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले काँधको फुली झिकेलगत्तै स्थान हद तोकेपछि जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगप्रति प्रहरी संगठन सशंकित भएको छ ।
आयोगलाई अटेर गरेको आरोप खेपेका खापुङलाई यति छिट्टै स्थान हद तोक्नुले उनलाई प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै प्रहरी अधिकारीहरू ससंकित भएका हुन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पटक–पटक प्रहरीको मनोबल उकास्ने कुरा गरिरहे पनि अनुसन्धानका नाममा हुने यस्ता घटना र आयोगको व्यवहारले प्रहरीको मनोबल झन् खस्किने देखिएको छ ।