सुसिला कार्की नेतृत्वको सरकारलाई चुनौती दिदै आएका केपी ओली अतालिए
काठमाडौं—आफूलाई पक्राउ गरेर देखाउन सुसिला कार्की नेतृत्वको सरकारलाई चुनौती दिदै आएका केपी ओली अतालिएका छन् ।
कार्की नेतृत्वको सरकार जसरी पनि ओली र रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न कस्सिएपछि ओली अतालिएका हुन् ।
ओली सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफू र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने अन्तिम तयारीमा रहेको भन्दै ससंकित बनेका छन् । आइतबार गुण्डूस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँग संवाद गर्दै उनले सरकारले लेखक र आफूलाई गिरफ्तारी गर्नुलाई नै सुशासन ठानिरहेकाले जतिखेर पनि पक्राउ गर्नसक्ने बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारले आफू र लेखकलाई गिरफ्तारी गर्नका लागि जेन–जीहरु संगठित गर्ने, उनीहरुलाई मागपत्र लेखिदिने, जेन–जीहरुले मागपत्र बुझाएर दबाव दिए भन्ने भ्रम फैलाउने जस्ता काम गरिरहेको बताए । ‘अहिले सरकारमा हुनेहरूले सुशासन भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु भन्ने बुझेका छन्,’– उनले भने ।
आफू र लेखकलाई पक्राउ गर्न जेन–जीहरूले सरकारलाई दवाब दिए भन्ने आर्टिफिसियल ड्रामा तयार गरिएको अध्यक्ष ओलीले बताए । वर्तमान सरकारले विना पैसाको नाटक मञ्चन गरिराखेको अध्यक्ष ओलीको टिप्पणी थियो । अध्यक्ष ओलीले आफूहरुले विना पैसा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएको बताए ।