प्रचण्ड—माधवको नेकपाले मरेपछि पनि मानार्थ सदस्यता दिने

आइतबार, ३० कार्तिक २०८२

काठमाडौं—प्रचण्ड माधव नेतृत्कोवको नेपाली कम्युनिस्ट पार्टीका नेताहरुको मृत्युपछि सदस्यता यथावत रहने भएको छ ।

नेकपाको अन्तरिम विधान–२०८२ को परिच्छेद ५ मा पार्टी सदस्य, सङ्गठित सदस्य र मानार्थ सदस्य गरी तीन प्रकारको सदस्यताको व्यवस्था गरिएको छ ।

विधानको धारा २० मा मानार्थ सदस्यताको व्यवस्था गरिएको छ ।

वामपन्थी, प्रगतिशील, लोकतान्त्रिक र सामाजिक आन्दोलनमा विशिष्ट भूमिका खेलेका र राष्ट्र तथा समाजको लागि विशेष योगदान गरेका विशिष्ट व्यक्तिलाई मानार्थ सदस्यता प्रदान गर्न सकिने उल्लेख छ ।

मानार्थ सदस्यता मरणोपरान्त पनि प्रदान गर्न सकिने व्यवस्था विधानमा रहेको छ । ‘मानार्थ सदस्यता मृत्युपछि पनि प्रदान गर्न सकिने छ ।