कुलमान घिसिङको ठाडो निर्देशनमा २५ ठूला कम्पनीको ठेक्का सम्झौता रद्द
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नेतृत्वमा कडाइका साथ अघि बढाइएको निगरानी र अनुगमन प्रक्रियामा लामो समयदेखि अलपत्र रहेका ठेक्का सम्झौताहरू औपचारिक रूपमा रद्द गरिएको छ।
निर्माण व्यवसायीहरूले तोकिएको समयसीमाभित्र काम पूरा नगरेपछि, सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत कडाइका साथ कारबाही गरिएको हो।
ठेक्का सम्झौतामा समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरूले बारम्बार चेतावनी र स्पष्टीकरण मागे तापनि, चित्तबुझ्दो जवाफ नपाएका कारण सरकारी कार्यालयले उक्त सम्झौताहरू रद्द गर्ने निर्णय लिएको जनाएको छ।
मन्त्री घिसिङका अनुसार, अब ढिलासुस्ती सहन नहुने र समयमै गुणस्तरीय काम सम्पन्न गर्न सरकार गम्भीर रहेको बताइएको छ। निर्माण व्यवसायीहरूलाई १५ दिनभित्र सम्पर्क गरी आवश्यक वित्तीय फरफारक गर्ने अवसर दिइएको छ।
