विद्यार्थीको दिवा खाजाका लागि छुट्याएको रकममा अनियमितता : प्रधानाध्यापकसहित दुईजनाविरुद्ध मुद्दा
काठमाडौं —अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले कपिलवस्तुको विश्वमैत्री आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारु र प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
उनीहरूविरुद्ध ४ लाख ४३ हजार ४३० रुपैयाँ बिगो माग गरिएको छ। प्रधानाध्यापक रैदास समेतले प्राथमिक विद्यालय स्थायी शिक्षकको नागरिक लगानी कोषलगायतको सामाजिक सुरक्षा कर समेत खातामा जम्मा नगरेको भन्ने उजुरी परेको थियो।
सोही उजुरीका आधारमा अनुसन्धान हुँदा विद्यालयका लागि आर्थिक वर्ष २०७८७९ मा कपिलवस्तु नगरपालिकाबाट छात्रवृत्ती शीर्षकमा प्राप्त रकम,दिवा खाजावाफत,पाठ्यपुस्तक शीर्षकमा विनियोजन भएको रकम सम्बन्धित काममा खर्च नगरी अनियमितता गरेको अख्तियारको ठहर छ।