‘किन बढन थाले हलमा दर्शक ?’
काठमाडौँ – नेपाली चलचित्र हेर्ने हो भने सबै चलचित्र उस्ताउस्तै बन्ने गरेका छन् । दर्शकको माग के छ यस्मा कमै विश्लेषण भएको पाइयो । पछिल्लो समय नेपाली चलचित्र पनि व्यवसायिक रुपमा सफल हुँदै गएको छ ।
फलस्वरुप नेपाली चलचित्रमा लगानी गर्न निर्माताहरु हिचकिचाएका छैनन । कै्रयन नायक तथा नायिकाहरु पनि विदेशको जीवन त्यागेर नेपाली चलचित्रमा डेब्यु गर्न थालेका छन् । यसले पछिल्लो समयमा, नेपाली चलचित्रमा शिक्षित, सुसस्कृत र कला सिकेर आएका कलाकारको प्रवेश भएको मान्न सकिन्छ ।
यही दौरानमा, परम्परागत चलचित्र भन्दा फरक शैलीमा नेपाली चलचित्र बन्न थालेका छन् । निर्माताले खासै बनाउन नरुचाउने बायोपिक महिला गोलकिपरको कथामा आधारित ‘एन्जिला’ देखि लिएर, ‘जेरी अन ड टप’ चलचित्र जस्मा नायिकाको हिमालको शिखरको आरोहणको क्रममा मृत्यु हुन्छ जस्ताले, परम्परागत नेपाली चलचित्रको कथा भन्दा फरक कथालाई बुनेका छन् । एउटैखाले चलचित्र हेरिरहेका नेपाली दर्शकले यी चलचित्रलाई अत्यधिक रुचाएका छन् ।
पछिल्लो समय गुणस्तरीय नेपाली चलचित्रको उत्पादनसँगै चलचित्र हेर्ने दर्शक पनि बढ थालेका छन् । पूर्णबहादुरको सारंगी, एन्जिला, जारी, जेरी अन द टप, परान चलचित्रको क्रमिक प्रदर्शन पछि हलमा दर्शकहरु निकै बढेको निर्माता तथा हल व्यवसायी नरेन्द्र महर्जन बताउँछन् । दर्शकको मागलाई पुरा गर्न हलको संख्या नै थप्नु परेको महर्जन बताउँछन् ।