इक्यानको १३ औं शैक्षिक मेला सम्पन्न, ५० हजारले अवलोकन गरेको दावि
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको १३ औं शैक्षिक मेला सम्पन्न भएको छ । असार २६ गतेदेखि चलेको मेलामा केही कलाकारहरुको उपस्थितिले रौनकता थपेको थियो ।
चार दिनसम्म चलेको मेलामा ५० हजार भन्दा बढिले अवलोकन गरेको आयोजले जनाएको छ । मोटिभेट न्युजसंग कुरा गर्दै इक्यानका अध्यक्ष विष्णुहरी पाण्डे मौसम प्रतिकुलताका कारण पनि उत्साहजनक सहभागिता रहेको बताए । अघिल्लो बर्षको तुलनामा यो उपस्थिति धेरै न्युन हो । मेलामा नायिका केकी अधिकारी, निर्देशक विशाल भण्डारी लगायत नेता तथा कलाकारको उपस्थितिले मेला अवलोकन गर्नेहरुलाई घुट्टै रौनकता थपेको थियो ।
शनिबार नायिका केकी अधिकारी र निर्देशक विशाल भण्डारीले मेलाको अवलोकन गरेका थिए । उनीहरु उत्साहित हुँदै विद्यार्थीहरुसंग फोटो खिच्दै विदेशमा सुरक्षिक अध्ययनका लागि सुझाव समेत दिएका थिए ।
विद्यार्थीले मेलामा ३०० भन्दा बढी स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी लिएका छन । मेलामा चारवटै दिन रक्तदान तथा प्राथमिक उपचारको व्यवस्था गरिएको थियो भने टाढाका विद्यार्थीहरुलाई वसको व्यवस्था पनि मिलाइएको थियो ।