कन्सल्टेन्सीले फेरी ठग्यो विद्यार्थी, दुतावासको कामले विद्यार्थी गदगद
काठमाडौं – काठमाडौं बागबजारमा रहेको किर्तिपुर अब्रोड स्टडिजले १० जना विद्यार्थीलाई ठगेको पाइएको छ । १० जना नोपाली विद्यार्थी फुड एण्ड विभरेज कोर्षमा अध्ययनका लागि थाइल्याण्डको बैंककमा पठाएर उक्त कन्सल्टेन्सीले ठगेको हो ।
बैंककको इन्टरनेशनल होटल एण्ड एयरलायन्स विजिनेश स्कुलमा पठाएको किर्तिपुर अब्रोड स्टडिजले गलत सल्लाह दिएका कारण आफूहरु फसेको विद्यार्थीहरुले बताएका छन । सम्झौता अनुसारको तालिम तथा काम नपाइएको भन्दै पिडित विद्यार्थीहरुले नेपाली दुतावासमा उजुरी दिएपछि यो रहस्य खुलेको हो । सोही उजुरीका आधारमा नेपाली दुतावास थाइल्याण्डले पिडित विद्यार्थीहरुको उद्धार गरि नेपाल पठाएको छ ।
दुतावासले सोमबार एक विज्ञप्ति जारी गर्दैे अलपत्र परेका १० जना विद्यार्थी मध्ये साउन १ गते ४ जनालाई उद्धार गरेको र अन्य ७ जनालाइ साउन ३ गते उद्धार गरि नेपाल पठाएको जनाएको छ । विज्ञप्तिमा आइन्दा विदेश अध्ययन गर्न जाने जो कोहीलाई राम्रोसँग स्कुल, कलेज, इन्टिच्युटका बारेमा जनाकारी लिएर मात्र प्रक्रिया चाल्न सुझाव दिएको छ ।
यता, विद्यार्थी पठाएर मनग्ये आम्दानी गर्ने किर्तिपुर अब्रोड स्टडिजले भने आफूले विद्यार्थी नपठाएको भन्दै पन्छिन खोजेको छ । किर्तिपुर अब्रोड स्टडिजका संचालक नरेन्द्र खनालले मोटिभेट न्यूजसंग कुरा गर्दै आफूले विद्यार्थी नपठाएको बताए । उनले भने, ‘हाम्रो कन्सल्टेन्सीबाट कुनै पनि विद्यार्थी गएको छैन, बदनाम बनाउनका लागि कसैले हाम्रो नाम लिएको हुन सक्छन् ।’ उनले अगाडि भने, ‘इन्टरनेशनल होटल एण्ड एयरलायन्स विजिनेश स्कुलसंग हाम्रो सम्झौता भएको छ, त्यही सम्झौताका आधार हामीलाई मुछिएको हो । यसमा हाम्रो संग्लग्नता छैन ।’
खनालले बजारमा केही ब्यक्तिगत रुपमा छिटो धनी बन्न खोज्ने ब्यक्तित्वहरुले यो इन्डस्ट्रीलाई बदनाम बनाएको बताए । उनले यसमा आफूले छिट्टै इक्यानसंगको सल्लाहमा विज्ञप्ति निकाल्ने बताए ।
हेर्नुहोस विज्ञप्ति
