एनएमबि बैंकको नाफा ४ अर्बमाथि

मंगलबार, १९ साउन २०८३

काठमाडौँ – एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा ४ अर्ब बढी नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले पहिलोपटक खुद नाफा ४ अर्ब पार गरेको हो ।

बैंकले ४ अर्बको कोसेढुङ्गा पार गर्दै  खुद नाफा ४ अर्ब  १ करोड पुर्याएर ऐतिहासिक सफलता हासिल गरेको छ । अघिल्लो वर्षको बैंकले २ अर्ब ८५ करोड नाफा आर्जन गरेको थियो ।

वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत रहेको छ । प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड पुगेको छ ।

डिजिटल र ट्रान्ज्याक्सन बैंकिङमा भएको वृद्धिसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड पुगेको छ । ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण ट्रेडिङ आम्दानी ८९.० प्रतिशतले वृद्धि भएको छ । जसअनुसार ६८१.४२ मिलियन पुगेको छ ।

पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा सुधार भई क्रमश० ११.५८ प्रतिशत र १.०४ प्रतिशत रहेको छ ।