पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं — पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै रिहा गर्न परमादेश जारी गरिएको हो । सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाडी वा तारिखमा राखेर अनुसन्धान गर्न भनेको हो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।