युनिक्याम्पस एजुकेशन नेटवर्क अबैध ! दर्ता एउटा, काम अर्कै
काठमाडौं – नेपालमा संचालित शैक्षिक कन्सल्टेन्सीहरुले अबैध रुपमा तयारी कक्षाहरु संचालन गरिरहेको पाइएको छ । राज्यको तर्फबाट नियमन तथा अनुगमन नहुँदा नाम चलेका ठुला कन्सल्टेन्सीहरुले अनुमति विनानै विभिन्न खालका तयारी कक्षाहरु संचालन गरिरहेको पाइएको छ । मोटिभेट न्युजको विशेष व्यरोलाई प्राप्त सुचना अनुसार नेपालका ठुला र नाम चलेका कन्सल्टेन्सीहरु दर्ता विनानै अबैध रुपमा तयारी कक्षा संचालन गर्दै आएको भेटिएको छ ।
त्यसमध्यको एउटा हो, काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यलय रहेको युुनिक्याम्पस एजुकेशन नेटवर्क । युनिक्याम्पसले अनुमतिविना विभिन्न खालका तयारी कक्षा संचालन गरेर विद्यार्थीहरुलाई सेवा दिइरहेको छ । उसले तयारी कक्षा संचालन गर्नका लागि शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट अनुमति लिएको छैन् । शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखामा ३४ नम्बरमा दर्ता भएको उक्त कन्सल्टेन्सीले विद्यार्थीहरुलाई शैक्षिक परामर्श मात्र दिने भनेर दर्ता भएको छ । शैक्षिक परामर्श सेवा दिने कन्सल्टेन्सीले तयारी कक्षापनि संचालन गर्नु गैर कानुनी कार्य मानिन्छ ।
युनिक्याम्पसले आएल्स, टोफेल, पिटिई, स्याट, जिआरई र जिम्याटका कक्षाहरु संचालन गरिरहेको छ । विश्वभर ९ ओटा शाखा संजाल रहेको उक्त कन्सल्टेन्सीले जानी जानी अबैध रुपमा तयारी कक्षाहरु संचालन गरिरहेको छ । युनिक्याम्पसले अबैंध रुपमा कक्षा संचालन गरेको विषयमा जानकारी गराउँदै सचेत गराउन खोज्दा युनिक्याम्पसका संचालक विज्ञान श्रेष्ठले फोन रिसिभ गरेका छैनन् भने उनको कार्यलयमा सम्पर्क गरी फोन गर्न भन्दा श्रेष्ठ फोन अफ गरी फरार भएका छन् । एउटा समाचार आउँदै छ त्यसमा तपाईको धारणा केहो ? भनेर सम्पर्क गर्दा नै फरार हुने कन्सल्टेन्सीका मालिकले अरु कति बदमासी गरेका होलान ? त्यो खोजिको विषय बनेको छ । युनिक्याम्पस लगायत अन्य शैक्षिक कन्सल्टेन्सी भित्रका कर्तुतहरुको प्रदाफाँस गर्दै जाने छौं ।

