नेकाको अध्यक्षमा शन्तोष प्याकुरेल निर्विरोध निर्वाचित (निर्वाचित कार्यसमिति सहित)
काठमाडौं – राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले शन्तोष प्याकुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आज सम्पन्न सभाले उपाध्यक्षमा इन्फरमेटिक्स कन्सल्टेन्सीका संचालक ज्ञानेन्द्रमान जोशी र महासचिवमा भिसा काउन्सीलका राकेश श्रेष्ठलाई निर्वाचित गरेको छ । सचिवमा सिनर्जी एजुकेशनका प्रशान्त शाह र कोषाध्यक्षमा नोभा एजुकेशनका संचालक रमन कोइराला निर्वाचित भएका छन् ।
त्यस्तै, विशाल थपलिया, सुरेन्द्र थापा, प्रतिक्षा श्रेष्ठ, इश्वर श्रेष्ठ, शुर्य पोखरेल र रविन्द्र थापा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । एक जना उपाध्यक्ष, एक जना सचिव र दुई जना सदस्यलाई पछि मनोनित गर्ने निर्णय गरेको छ । नेकाको पहिलो बैठकले अन्य पदाधिकारी तथा सदस्यहरुलाई मनोनित गर्ने बुझिएको छ ।