अश्लिल विज्ञापन गर्ने एइसिसिको पत्रकारलाई ज्यान मार्ने धम्की

बिहिबार, १० पौस २०७६

काठमाडौं – गुगलमा अश्लिल विज्ञापन गर्ने एइसिसि ग्लोवलले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको छ । ग्लोवलले मोटिभेट न्युज डटकममा प्रकाशित समाचारको विषयलाई लिएर तुरुन्त समाचार नहटाए जेपनि गर्न सक्ने भन्दै धम्की दिएको हो ।

मोटिभेट न्युज डटकमका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई कम्पनीका एक कर्मचारीले टेलिफोन गरि समाचार नहटाए जेपनि गर्नसक्ने भन्दै धम्की दिएका हुन् । मोटिभेट न्युज डटकमले आज विहान एइसिसि ग्लोवल नामक शैक्षिक कन्सल्टेन्सीले गुगलमा गरेको अश्लिल विज्ञापनको विषयलाई लिएर समचार प्रकाशन गरेको थियो । ‘एइसिसि ग्लोवलको घिणृत कार्य, अश्लिल फोटा राख्दै गुगलमा विज्ञापन’ शिर्षकमा समाचार प्रकाशन भएपछि आफ्ना नाम बताउन नचाहाने एइसिसि ग्लोवलका  कर्मचारीले धम्की दिएका हुन् ।

उनले फोन मार्फ दिएको धम्कीको अडियो सहितको समाचार केहीवेमा प्रकाशन गर्नेछौं ।

यो पनि पढ्नुहोस्

एइसिसि ग्लोवलको घिणृत कार्य, अश्लिल फोटा राख्दै गुगलमा विज्ञापन