यी हुन् कोरोना निको पार्ने खोप आविष्कार गर्ने महिला वैज्ञानिक
एजेन्सी – पछिल्लो समय चीनमा कोरोना भाइरसका कारण ४९० जनाको मृत्यु भइसकेको छ भने झण्डै २५,००० जना संक्रमित भएका छन् । उक्त भाइरस नियन्त्रणका लागि विश्वभरका वैज्ञानिकहरु भ्याक्सिन बनाउन प्रयासरत रहेका छन् ।
स्कटल्यान्डकी वैज्ञानिक डा. केट ब्रोडरिक घातक कोरोना भाइरसविरुद्धको खोप आविष्कार गर्ने अनुसन्धानमा लागि परेकी छिन् । उनले खोप तयार गरिसकेको मिडिया रिपोर्टमा उल्लेख छ । उनले मुसा र सुँगुरमा खोपको परीक्षण गरेको बताएकी छिन् । कोरोना भाइरसबाट बच्न खोप बनाउन आफु प्रयासरत रहेको र समाधान छिट्टै आउने उनले बताएकी छिन् ।
मिडिया रिपोर्टका अनुसार रातमा २ घन्टामात्र सुत्ने गरेकी उनी कोरोना भाइरसको खोप बनाउन दिनरात मेहनत गरिाखेकी छिन् । करिब २० वर्षदेखि खतरनाक रोगविरुद्धको खोप बनाउने काममा संलग्न हुँदै आएकी छिन् । अनुसन्धानका लागि उनको एउटा टोली छ । चीनको वुहानमा कोरोना भाइरस फैलिएको जानकारी पाएसँगै उनले यसबारे अनुसन्धान थालेकी हुन् ।