वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन

बुधबार, २२ माघ २०७६

काठमाडौँ-नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको बुधबार निधन भएको छ।

नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो।
केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त शर्माको ७२ वर्षको उमेरमा निधन भएको हो।

‘उहाँको मनमोहन कार्डियोथेरासिक भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा निधन भएको हो,’ नेपाल टेलिभिजनका महाप्रबन्धक महेन्द्र बिष्टले भने।