कप्तान ज्ञानेन्द्र र पारस आउट

बुधबार, २२ माघ २०७६

काठमाडौं-अहिले नेपाल र ओमानबीच त्रिवि क्रिकेट मैदानमा एक दिवसीय क्रिकेट खेल भइरहेको छ। जारी खेलमा नेपाललाई झट्का लागेको छ। नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का आउट भएका छन्।कप्तान ज्ञानेन्द्र १ रनमा क्याच आउट भए भने पारस ३ रनमा पेभिलियन फर्किएका हुन्।

ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि यो ठुलो झट्का हो।अहिले नेपालले ५ ओभरको समाप्तमा २ विकेट गुमाउँदै ४ रन मात्र जोडेको छ।