१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
काठमाडौँ– झापाको बुद्धशान्ति गाउँपालिकामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर – २ गोपलाडाँडाका २९ वर्षीय कमल भन्ने दिलकुमार कामी रहेका छन्।बालिकालाई जबरजस्ती करणी गरेको भन्ने जानकारीका आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।रूकुम (पश्चिम) को आठबिसकोट नगरपालिकाका ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय युवक पक्राउ परेका छन्।सोही नगरपालिकाको वडा नम्बर –३ बस्दै आएका मोहन रावतलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।युवकको स्थायी घर भने जाजरकोट छेडागोड नगरापालिका –११ रहेको प्रहरीले जनाएको छ।