नेपालको १०० रन पूरा

बुधबार, २२ माघ २०७६

काठमाडौं -आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्कम एकदिवसीय सिरिजमा ओमानविरुद्धको खेलमा नेपालले १०० रन पूरा गरेको छ । २८ ओभरको समाप्तीमा नेपालले ५ विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि क्रिजमा रहेका विनोद भण्डारीले १६ रन बनाएका छन् भने शरद भेषवाकरले ३५ रन बनाएका छन् । २८ ओभरको समाप्तीमा नेपालले १०० रन बनाएको छ ।
नेपालका लागि नेपालले २४ ओभरको पहिलो र दोस्रो बलमा लगातार दुई विकेट गुमाएको हो । नेपालले चौथो विकेटको रुपमा आरिफ शेख ६ रनमा आउट भए । त्यस्तै पाँचौ विकेटको रुपमा रोहित कुमार पौडेल डक आउट भए । ओमानले दिएको १९८ रनमो लक्ष्य पछएको नेपालले ओपनरमा आएका कप्तान ज्ञानेन्द्र मल्ला र पारस खड्कालाई सुरुआती समयमै गुमाएको थियो ।

कप्तान ज्ञानेन्द्र १ रन बनाएर आउट भए भने पारसले ३ रन बनाए । नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र सिंह ऐरी आउट भएका छन् । उनी २१ ओभरको तेस्रो बलमा मोहमद मदिमको बलमा एलबीडब्लु आउट भएका हुन् ।